+
+

टी-२० विश्वकपमा पुग्न नेपालले पायो १७६ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १७:१४

१० फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पुग्न युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ ।

ग्लोवल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा टस जितेर पहिलो व्याटिङ गरेको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको छ ।

नेपालले केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा युएईले विष्फोटक सुरुआत गरेको थियो । सुरुआती ६ ओभरको समाप्तीमा युएईले १ विकेट गुमाएर ५८ रन जोडेको थियो ।

दोस्रो ओभरमै युएईका ओपनर चिराग सुरीलाई जितेन्द्र मुखियाले बोल्ड आउट गरेका थिए । तर दोस्रो विकेटका लागि अर्का ओपनर मोहम्मद वासिम र भृत्य अरविन्दले ६६ रनको साझेदारी गरेका थिए ।

आठौं ओभरमा सन्दीप लामिछानेले अरविन्दलाई ४६ रनको व्यक्तिगत स्कोरमा बोल्ट आउट गरे । त्यसपछि आएका मोहम्मद उस्मानसँग मिलेर वासिमले तेस्रो विकेटका लागि थप ६४ रनको साझेदारी गरे ।

१६.१ ओभरमा उस्मान व्यक्तिगत १७ रनमा आउट हुँदा युएई १३६–३ को अवस्थामा पुग्यो । सोही ओभरको अन्तिम बलमा अविनाश बोहोराले वासिमलाई पनि ७० रनमा आरिफ शेखबाट क्याच आउट गराए । वासिमले ४८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

१७औं ओभरमा अविनाशले दुई विकेट लिएयता युएईको ब्याटिङ सुस्त भएको हो । १८औं ओभरमा जितेन्द्र मुखियाले र १९औं ओभरमा अविनाश बोहराले पुनः विकेट लिए । जितेन्द्र र अविनाशले ३-३ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

विश्वकपमा छनोट हुनका लागि नेपालले आज युएईलाई हराउनै पर्नेछ । ग्लोवल क्वालिफायरको समूह ए बाट दुई टोलीले आगामी अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने आईसी ट्वान्टी-२० विश्वकप खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?