+
+

सिरहामा कांग्रेस निर्वाचनको रिपोर्टिङ गर्न पत्रकारलाई रोक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १६:५०

२३ फागुन, जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनको समाचार संकलन गर्न पत्रकारलाई रोक लगाएको छ ।

१४औं जिल्ला अधिवेशन अन्तर्गत सिरहाको गोलबजारमा सोमबार भइरहेको निर्वाचनको रिपोर्टिङ गर्न पत्रकारलाई रोक लगाएको हो ।

पठनपाठन बन्द गरी गोलबजार नगरपालिका ४ स्थित जनता माविमा कांग्रेसको निर्वाचन भइरहेको छ । उक्त निर्वाचनको रिपोर्टिङ गर्न गएका पत्रकारलाई प्रहरीले समाचार संकलनमा रोक लगाएका हुन् ।

निर्वाचनको समाचार संकलन गर्न रोक लगाएपछि पत्रकारहरु सञ्चार उपकरणसहित धर्ना बसेका छन् । ‘हामी रिपोर्टिङ गर्न गयौं, तर प्रहरीले छिर्नै दिएन’ नेपाल पत्रकार महासंघ सिरहाका सदस्य सुरेन्द्र कामतीले भने, ‘विरोधस्वरुप हामी क्यामेरा लगायतका संचार सामग्री राखेर धर्नामा बसेका छौं ।’

कामतीका अनुसार यसबारे प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई भन्दा उनले पनि विद्यालयको परिसर वाहिरबाटै समाचार संकलन गर्न सकिने भनेर रोक्न खोजेका छन् ।

पत्रकारलाई समाचार संकलनमा रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ । महासंघको मधेश प्रदेश समितिका अध्यक्ष राजेश कर्णले विज्ञप्ति जारी गर्दै राजनीतिक दलका लोकतान्त्रिक अभ्यासको समाचार संकलनमा अवरोध गर्नु तानाशाही प्रवृत्ति भएको बताएका छन् ।

उनले समाचार संकलन र सम्प्रेष्णको लागि उचित वातावरण बनाइदिन कांग्रेसको जिल्ला समितिसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?