+
+

चोरीको मोबाइलसहित इचंगुनारायणबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १८:५६

१६ चैत, काठमाडौं । प्रहरीले भन्‍सार छली चोरी पैठारी गरी ल्‍याएको मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-३ इचंगुनारायण बस्‍ने २९ वर्षीय आशिक श्रेष्ठ रहेका छन् ।

प्रहरीले उनको साथबाट भिभो कम्पनीको मोबाइल १ थान, ओप्पो कम्पनीको मोबाइल ४ थान, सामसुङ कम्पनीको मोबाइल ९ थान, रेडमी कम्पनीको मोबाइल ५ थान, आइफोन मोबाइल १ थान, रियल मी कम्पनीको मोबाइल ५ थान र वान प्लस कम्पनीको मोबाइल ५ थान बरामद गरेको छ ।

पक्राउ परेका उनलाई आवश्‍यक कारबाहीका लागि अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्याल, गौचरन पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?