+
+

म्यानचेष्टर युनाइटेडको शीर्ष चारमा पर्ने सम्भावना सकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते २०:४५

१० वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेष्टर युनाइटेडमाथि सानदार जित हात पारेको छ । यो हारसँगै युनाइटेडको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना सकिएको अन्तरिम प्रशिक्षकले बताएका छन् ।

शनिबार इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली आर्सनलले युनाइटेडलाई ३–१ ले हरायो । खेलको तेस्रो मिनेटमा नै ताभरेसको गोलबाट अग्रता लिएको आर्सनलका लागि ३२ औं मिनेटमा साकाले पेनाल्टीमा गोल गरे ।

त्यसको दुई मिनेटपछि नै क्रिष्टियानो रोनाल्डो गोल गर्दै भ्रमणकारी टोलीलाई खेलमा फर्काउने शंकेत गरेका थिए । तर खेलको ७० औं मिनेटमा जाकाले गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाएका छन् ।

जितपछि आर्सनल ३३ खेलबाट ६० अंकसहित अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । ३४ खेलबाट ५४ अंक जोडेको म्यानचेष्टर युनाइटेड छैटौं स्थानमा छ । अब मात्र चार खेल बाँकी छ र आर्सनलभन्दा ६ अंकले पछि परिसकेको छ ।

हारपछि म्यानचेष्टर युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ राङनिकले भनेका छन्, ‘मेरो लागि यो खेल अघि पनि (शीर्ष चारमा परेर च्याम्पियन्स लिग खेल्न) सम्भावना धेरै थिएन । आजको खेल पनि सकियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?