+

नेपालले ओमान र टिमोर लेस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने

२०७९ जेठ  ११ गते १६:०४ २०७९ जेठ ११ गते १६:०४
नेपालले ओमान र टिमोर लेस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने

११ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा प्रशिक्षण गर्न लागेको नेपालले त्यहाँ दुई अभ्यास खेल खेल्ने भएको हो ।

कतार फुटबल एसोसियनले कतारको दोहामा प्रशिक्षण गर्ने ७ टोलीबीच मैत्रीपूर्ण खेलको व्यवस्था गरेको हो ।

कतार फुटबल एसोसिएसनले बुधबार मैत्रीपूर्ण खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टे र जेठ २० गते ओमानसँग खेल्ने जनाइएको छ ।

कुवेतमा यही जेठ अन्तिममा हुने एसियन कप छनोटको तयारीअघि नेपालले कतरमै अफगानिस्तानसँग दुई खेल खेल्ने तय भएपनि पछि उक्त खेल रद्द भइसकेको छ ।

एसियन कप छनोटको तयारी गर्न नेपाली टोली आज कतार जाँदैछ ।

एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा जोर्डन, कुवेत र इण्डोनेसिया छन् । नेपालले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र ३१ गते इण्डोनेसियासँग खेल्दैछ ।

छनोटका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नवयुग श्रेष्ठको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

नेपाली टोली

गोलरक्षकः दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा

डिफेन्सः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डरः आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनील बल, सुरज ज्यू ठकुरी

फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ

नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय