
काठमाडौं । बससेवा डटकमले उपहार योजनाका विजेता घोषणा गरेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बससेवा डटकमले अनलाइनमार्फत बसको टिकट काट्ने यात्रुलाई उपहार दिने योजना घोषणा गरेको थियो ।
अनलाइनमार्फत टिकट काटेका मध्ये तनहुँका नवीन जोशी, बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्काले सुनको असर्फी जितेका छन् ।
बससेवाका अनुसार २० जना यात्रुले क्यूएफएक्स् मुभि टिकट जित्न सफल भएका छन् । २७ जना यात्रुले भने अल्टिमेट वाटर एडभेन्चर्सको नारायणी नदिमा मोटरबोट टिकट प्राप्त गरेका छन् ।
बुधबार गोलाप्रथा मार्फत बससेवा डटकमको फेसबुक पेजमार्फत विजेताहरुको घोषणा गरिएको थियो ।
बससेवाले ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको थियो । अफरमा २३ वैशाखदेखि ५ जेठसम्म बससेवा मार्फत टिकट काट्ने यात्रु सहभागी रहेका थिए ।
प्रतिक्रिया 4