+
+

राप्रपाले महंगी नियन्त्रणको विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

पेट्रोलियम विस्थापन अहिले विश्वकै एक कठिन र चुनौतीपूर्ण मुद्दा हो । विश्वका धेरै देशले आगामी सन् २०५०÷५५ तिर पूर्ण रूपमा पेट्र««ोलियम विस्थापन गर्ने महत्वाकांक्षी लक्ष्य राखिरहँदा हालको प्रगति भने सन्तोषजनक देखिंदैन ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २१ गते १४:३७

२१ जेठ, काठमाडौं । राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, महङ्गी नियन्त्रण लगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दाहरुका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

बिहीबार धुलिखेलमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको राजनीतिक एजेन्डाको पक्षमा जनमत बनाउन तथा जनजीविकासंग सम्बन्धित विषयमा दबाब सिर्जना गर्न जनपरिचालन गर्ने र सो का लागि उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको समितिको पहिलो बैठकले विभिन्न मागहरू समावेश गरी राप्रपाले आगामी  असार १ गते ७६ जिल्ला र ७ वटा प्रदेशमा जिल्ला प्रशासन कार्यालय मार्फत र काठमाडौमा प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउदै सशक्त र चरणबद्ध आन्दोलनको सुरुवात गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?