+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

 टिपरभित्र बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चालक पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते २१:१४

२७ असार, काठमाडौं । प्रहरीले टिपरभित्र १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–८ घर भएका ३२ वर्षीय ज्ञानबहादुर नेपाली छन् ।

उनलाई प्रहरी वृत्त, थानकोटको टोलीले कलंकीबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार घटना गत शुक्रबार राति १०ः१० बजेतिरको हो ।

मैनालीका अनुसार चन्द्रागिरि नगरपालिका–७, थानकोटस्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा पार्किङ गरेर राखेको ठाउँमा किशोरीमाथि जबरजस्ती करणी भएको हो ।

‘पीडित बालिका गौशालामा काम गर्दै कलेज पढ्ने रहेछिन्, घरमा सल्लाह गरेर सोही टिपरमा चढेर उनी जाँदै रहेछिन्’ मैनालीले भने, ‘थानकोटमा गाडीका सह–चालकलाई गाडीको टायर चेक गर्नु भनेर वहाना निाएर गाडीबाट बाहिर पठाएर ढोका बन्द गरी जबरजस्ती करणी गरेको उजुरी परेको छ ।’

घटनापछि चालक नेपालीले रा १ ख २७३४ नम्बरको टिपर छाडेर फरार भएको मैनालीको भनाइ छ । ‘घटनाको जानकारी प्राप्त हुनासाथ थानकोट वृत्तबाट डीएसपी डिल्लीनारायण पाण्डेको कमाण्डमा टोली घटनास्थलमा गएर बालिकालाई उद्दार गरेको थियो’ उनले थपे, ‘पीडितको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण पनि भएको छ ।’

लगत्तै खोजतलास तीब्र बनाइएकोमा कलंकीबाट सवारी चालकलाई पक्राउ गरिएको मैनालीले बताए ।

उनका अनुसार पक्राउ परेका नेपालीमाथि जिल्ला अदालत, काठमाडौंबाट ५ दिन म्याद थठप गरेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?