+
+

लागूऔषध कारोबारमा वरिष्ठ हवल्दारकै संलग्नता !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते २०:०८

२० असार, जनकपुरधाम । सर्लाहीमा बरामद भएको ठूलो मात्राको लागूऔषधमा प्रहरीकै संलग्नता देखिएको छ । संलग्नता देखिएपछि ती प्रहरीलाई समातेर प्रहरीले अन्य अनुसन्धानलाई अघि बढाएको छ ।

सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीका अनुसार इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोधकुमार सिंहको बरामद भएको लागूऔषधमा संलग्नता देखिएको बताए ।

बिहीबार लालबन्दी नगरपालिका १ नवलपुरस्थित उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स सय एमएलको ४४६ पिस र विनसिरेक्स सय एमएलको १५३ बोतल बरामद भएको छ । उक्त लागूऔषधमा वरिष्ठ हबल्दार सिंहकै संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान सुरू गरिएको बुढाथोकीले बताए ।

प्रहरी श्रोतका अनुसार सिंहले सुरुमा बोराभित्र रहेको सो लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएको र पछि पसलका मालिकले उक्त बोरा लैजान दबाब दिएपछि उखुबारीमा लुकाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?