+
+

एन्फाको अन्तर्राष्ट्रिय प्रमुखबाट नवीन पाँडेलाई हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १९:३९

२६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अघिल्लो कार्यसमिति बैठकबाट अन्तर्राष्ट्रिय प्रमुखमा नियुक्त नवीन पाँडेको जिम्मेवारी फेरिएको छ ।

बिहीबार बसेको कार्यसमिति बैठकले पाँडेलाई अन्तर्राष्ट्रिय प्रमुखबाट हटाएर अध्यक्ष पंकजविक्रम नेम्वाङको प्रमुख सल्लाहकार बनाउने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय प्रमुखमा नियुक्त भएको एक महिना नपुग्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १२ पदाधिकारी/सदस्यले पाँडेलाई बर्खास्त गर्न माग राखेर एन्फामा निवेदन बुझाएका थिए ।

पहिलो बैठक नियम पुरा नगरी बोलाइएको र त्यसमा अन्तर्राष्ट्रिय प्रमुखमा जर्मन नागरिक पाँडेलाई नियुक्त गरिएको निर्णय त्रुटिपूर्ण र विधान विपरीत रहेको निवेदनमा दाबी गरिएको थियो ।

विदेशी नागरिकलाई अन्तर्राष्ट्रिय प्रमुखमा नियुक्त गरेको भन्दै एन्फाको आलोचना पनि भएको थियो ।

एन्फा कार्यसमिति बैठकका निर्णय :

प्रेस विज्ञप्ती मितिः २०७९ श्रावण २६

अखिल नेपाल फुटबल संघको २०७९ श्रावण ५ गते स्थगित भएको दोस्रो कार्यसमिति बैठक मिति २०७९ श्रावण २६ गते सम्पन्न भयो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ्गको अध्यक्षतामा सम्पन्न सो बैठकमा निम्न निर्णयहरु पारित गरियो ।

१. यहि भदौ २१ देखि आश्विन ३ गते सम्म काठमाण्डौमा हुने महिला साफ च्याम्पियनसिप सम्बन्धमा छलफल हुदाँ संघका बरिष्ठ उपाध्यक्ष विर बहादुर खड्काको संयोजकमा कार्यसमितिका सबै सदस्य रहने गरि गठन गरिएको १८ सदस्यीय मुल आयोजक कमिटिलाई अनुमोदन गर्ने निर्णय गरियो ।

२. महिला साफ च्याम्पियनसिपका लागि मनोनयन गरिएका राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षक कुमार थापालाई र टिम व्यवस्थापक बिन्द्रा देवान र अन्य टिम अफिसियललाई अनुमोदन गर्ने निर्णय गरियो

३. महिला साफ च्याम्पियनसिपको लोकल जेनरल कोअर्डिनेटरमा विजय घले, भेन्यु म्यानेजरमा रविन्द्र चन्द र सेक्युरिटि अफिसरमा दिनेश व्यन्जनकारलाई र प्रतियोगिताको मार्केटिङ्ग र ब्रोडकास्टिङ्ग सम्बन्धि आवश्यक निर्णय लिन संजिव सिल्पकारलाई मार्केटिङ र ब्रोडकास्टिङ्ग कमिटिको संयोजकमा अनुमोदन गर्ने निर्णय गरियो

४. महिला साफ च्याम्पियनसिपको खेल समय साफबाट सुझाव भए अनुसार दिनको १ बजे र साँझको ५:३० बजे राख्ने निर्णय गरियो । महिला साफ च्याम्पियनसिपको टिकट दर साधारण पाराफिटतर्फ ३०० र भिआइपी पाराफिट तर्फ ५०० तोक्ने निर्णय गरियो ।

५. अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराट जंग शाहीको संयोजकत्वमा कार्यसमिति सदस्यहरु अनिल मल्ल र मनिष जोशी सदस्य र महासचिव किरण राई सदस्य सचिव रहने गरि पदपूर्ति समिति गठन गर्ने निर्णय गरियो ।

६. शहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिता २०७९ आश्विन १ देखि ३० गतेसम्म टिम सहभागिताको आधारमा आयोजना स्थल निर्धारण गर्ने गरि निर्णय पारित गरियो

७. नेपाल सुपर लिगको बारेमा विगतमा गरिएको त्रुटिपुर्ण सम्झौता खारेज गरि सम्बन्धित पक्षसंग छलफल गर्न एन्फा अध्यक्ष श्री पंकज विक्रम नेम्बाङ्गको संयोजकत्वमा एन्फा उपाध्यक्षद्वय दिपक खतिवडा, कुमार केसी र सदस्यहरु टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा सदस्य र महासचिव किरण राई सदस्य सचिव रहने गरी ७ सदस्यीय सम्झौता नविकरण समिति निर्माण गरि सम्झौता नविकरण गरि २०७९ आश्विन २३ देखि मंसिर २ गतेसम्म एनएसएल संचालनका लागि समय उपलब्ध गर्ने निर्णय गरियो ।

८. अखिल नेपाल फुटबल संघको स्वामित्वमा रहेको गाडीहरु (अध्यक्ष चढ्ने फरर्चुनर र बस ) सम्बन्धमा विकास श्रेष्ठ, रविन्द्र चन्द र मनिष जोशी सम्मिलित एक कमिटि बनाइ आवश्यक प्रकृया पुर्याएर लिलामी गरि सो बाट प्राप्त रकम खेलाडी अक्षयकोषमा राख्ने गरि निर्णय पारित गरियो

९. नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले यहि २०७९ आश्विन ११ गते बंगलादेशको राष्ट्रिय टोलीसँग काठमाण्डौमा मैत्रीपुर्ण खेल खेल्ने निर्णय पारित गरियो ।

१०. बंगलादेशसँगको सो मैत्रीपुर्ण खेलको लागि कार्यवाहक मुख्य प्रशिक्षकका रुपमा प्रदिप हुमागाईलाई मनोनयन गर्ने निर्णय पारित गरियो ।

११. अखिल नेपाल फुटबल संघको विशेष साधारण सभा २०७९ आश्विन १२ गते काठमाण्डौमा सम्पन्न गर्ने निर्णय गरियो ।

१२. राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलहरु विराटनगरमा महिला साफ च्याम्पियनसिप पछि सम्पन्न गर्ने निर्णय गरियो ।

१३. ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता २०८० साल जेठ २९ देखि असार १० गतेसम्म सम्पन्न गर्ने निर्णय गरियो ।

१४. पुरुष, महिला र युथ फुटबल टोलीले देश विदेशका फुटवल प्रतियोगितामा पदक जित्दा अखिल नेपाल फुटबल संघले दिने पुरस्कार सम्बन्धमा एन्फ सचिवालयले एक मापदण्ड तयार गर्न कमिटि बनाइ आवश्यक निर्णय लिने निर्णय पारित गरियो ।

१५. अखिल नेपाल फुटबल संघको मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ, वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राइलाई आगामी साधारण सभामा अनुमोदनको लागि पेश गर्ने गरि नियुक्त गर्ने निर्णय गरियो

१६. अखिल नेपाल फुटबल संघको प्रवक्तामा सुरेश शाहलाइ नियुक्त गर्ने निर्णय पारित गरियो ।

१७. बहराइनमा हुने एएफसी एशियन कप यु २० छनौट, श्रीलङकामा हुने यु-१७ साफ प्रतियोगिता र भियतनाममा हुने एएफसी एशियन कप यु-१७ छनौटमा भाग लिने निर्णय पारित गरियो ।

१८. धनकुटा र सुर्खेतमा कम्युनिटि कोचिङ्ग कोर्स सम्पन्न गर्ने निर्णय गरियो । त्यस्तै सेप्टेम्बर २३ देखि २७ सम्म काठमाण्डौमा फिटनेस लेभल १ कोर्स र फिफा एमए रेफ्री कोर्स आयोजना गर्ने निर्णय पारित गरियो ।

१९. अखिल नेपाल फुटबल संघका अन्तराष्ट्रिय विभाग प्रमुख नविन पाण्डेको जिम्मेवारी परिवर्तन गरि एन्फा अध्यक्षज्युको प्रमुख सल्लाहकार नियुक्त गर्ने निर्णय पारित गरियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?