+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

विभिन्न‍ ब्राण्डको लोगो राखेर चामल विक्री गरेको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते २०:४२

१३ भदौ, काठमाडौं । प्रहरीले बिना अनुमति ‘सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ’को नाममा विभिन्न‍ ब्राण्डको लोगो राखेर चामल विक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-९ शनिहाट घर भई हाल काठमाडौंको छाउनी बस्‍ने २७ वर्षीय एस अग्रवाल र ओखलढुंगाको सुनकोशी गाउँपालिका-५ पात्ले घर भई हाल काठमाडौंको कुलेश्वर बस्‍ने २७ वर्षीय बाल कुमार भन्‍ने लाल बहादुर बस्‍नेत रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुले सञ्‍चालन गरेको उद्योगमा छापा मारी सिल गरेको छ ।

उनीहरुले विवरण नखुलेका लङ्गग्रेन र जिरा मसिनो चामललाई विभिन्‍न ब्राण्ड (थकाली लङ्ग ग्रेन, मुवारक लङ्ग ग्रेन, जन्‍नत, जन्नत जिरा, सुवास, साँचो सोनम, घैला, कोहिनूर, जिवा, साँचो क्लासिक, मुवारक क्‍याटरिना जिरा, स्पेशल अनेष्टी, सुवास उसिना लङ्ग ग्रेन, थकाली क्याटरिना, थकाली शाही बासमती, थकाली सोनम, थकाली उसिना, घैला सोना राईस)लगायतको लोगो राखेर खाद्य अनुज्ञा पत्र नलिई बजारमा विक्री विरतण गर्दै आएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरुमाथि खाद्य ऐन २०३३ बमोजिम थप अनुसन्धानको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बबरमहल पठाइएको र त्यसबारे थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?