
काठमाडौं । विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने गरी नबील बैंक र सिप्रदी ट्रेडिङबीच समझदारी भएको छ । आइतबार भएको सझदारीअनुसार टाटाको नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्ने छन् ।
सिप्रदी ट्रेडिङ नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक कम्पनी हो । नबिल बैंककाअनुसार नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउनका लागि उक्त सम्झौता उपयोगी हुनेछ ।
सम्झौताअनुसार टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्दा यस्तो ऋणको प्रक्रिया नबिल बैंकका देशभरका शाखाबाट सुरु गर्न सकिन्छ । सात वर्षसम्मका लागि उपलब्ध गराइने सुलभ कर्जाको ब्याजदर १२.९९ प्रतिशत मात्रै तोकिएको बैंकले जनाएको छ ।
संस्थात तथा व्यक्तिगत ग्राहकको चाहना बमोजिम प्रक्रिया सुरु गरको २४ घण्टाभित्र बैंकले ऋण उपलब्ध गराउने पनि सहमतिमा जनाइएको छ ।
प्रतिक्रिया 4