+
+

सोलुखुम्बुबाट प्रदेशसभामा माओवादीका गोम्बु शेर्पा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १:०६

८ मंसिर, सोलुखुम्बु । सोलुखुम्बु प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट गोम्बु शेर्पा ‘कर्ज्याङ’ निर्वाचित भएका छ्न । नेकपा माओवादी केन्द्रका उम्मेदवार शेर्पाले नेकपा एमालेका उमेदवार उत्तम कुमार बस्नेतलाई हराउँदै निर्वाचित भएका हुन् ।

निर्वाचित शेर्पाले १६३७ मतान्तरले निर्वाचित भएका हुन् । शेर्पाको दस हजार ३५ मत रहेको छ भने बस्नेतले आठ हजार ३९८ मत प्राप्त गरेका छन् ।

०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भई ५ वर्ष सासद बनेका साथै प्रदेश १ का राज्यमन्त्री बनेका बस्नेत एक हजार ६३७ मतले हार व्यहोरेका छन् । फराकिलो मतान्तरले जित्ने आशामा रहेका बस्नेतलाई शेर्पाले १६ सय मतान्तरले हराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?