+
+

पल शाहलाई कारागारभित्रै जन्मदिन मनाउन अनुमति, पूजा शर्मा र शोभित बस्नेत भेट्न पुगे

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १३:१६
एक फिल्ममा अभिनय गर्ने क्रममा अभिनेत्री पूजा शर्माका साथमा पल शाह । फाइल तस्वीर

काठमाडौं । अभिनेता पूर्णविक्रम (पल) शाह बुधबार ३३ वर्ष पुगेका छन् । जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा फ्यान र निकट फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । शाहले तनहुँ जिल्ला कारागारभित्रै जन्मदिन मनाउँदैछन् । कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको छ ।

पलले एउटा केक अर्डर गरेको र प्रशासनले जन्मदिन मनाउन अनुमति दिएको निमित्त कारागार प्रशासक नारायणप्रसाद अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँले आफन्त र साथीभाइको उपस्थितिमा जन्मदिन मनाउन एउटा केक अर्डर गर्नुभएको थियो । हामीले अनुमति दिएका छौं,’ उनले भने ।

पललाई जन्मदिनको शुभकामना दिन अभिनेत्री पूजा शर्मा, निर्देशक शोभित बस्नेत र संगीतकार योगेशकाजी पनि कारागारमै पुगेका छन् । यी तीनै जना पलनिकट फिल्मकर्मी मानिन्छन् । निमित्त कारागार प्रशासक अधिकारीका अनुसार पूजा र शोभितले केक लिएर पललाई भेट्न पुगेका थिए । पूजाले लिएर गएको केकमा पल र उनको तस्वीर पोतिएको छ । ११ बजे त्यहाँ पुगेका उनीहरुले पलसँग कारागारभित्र झण्डै २० मिनेट बिताए । पलकी ठूलीआमा नाता पर्ने व्यक्ति पनि कारागार पुगेकी थिइन् ।

पल शाहको जन्मदिनका लागि अभिनेत्री पूजा शर्माले लिएर गएको केक । तस्वीर : पूजा शर्माको फेसबुकबाट

पललाई तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिइसकेको छ । उनी यतिबेला नवलपुर जिल्ला अदालतले बालयौन दुव्र्यवहारको मुद्दामा सुनाएको साढे दुई वर्ष जेल सजाय काटिरहेका छन् । नवलपुर अदालतको फैसललाई चुनौती दिंदै पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । जसको सुनुवाइ फागुन १४ गते हुने पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?