+
+

सुमनको ‘यस्तो एउटा संसार’ मा ध्रुव  र  रोजिना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १०:११

१४ चैत, काठमाडौँ । गायक गंगाराज राई र गायिका सुनिता थेगिमको स्वर रहेको ‘यस्तो एउटा संसार’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक गंगाराजकै संगीत रहेको सार्वजनिक गीतका शब्द जानु काम्बाङ लिम्बुका हुन् ।

भिडियोमा अभिनेता  ध्रुव दत्त र मोडल रोजिना ढकालको अभिनय रहेको छ । एक प्रेमील जोडीको रोमाञ्चिक प्रेम कहानीले भरिएको ‘यस्तो एउटा संसार’ मा ध्रुबसँग अभिनय गर्दा रोजिना गज्जबले खुलेकी छिन् ।

डेढ दशकदेखि बेलायतमा बसेर म्यूजिक भिडियो निर्देशनसँगै संचारकर्ममा पनि व्यस्त रहेका निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको निर्माण बेलायतको स्थानीय राजनीतिमा पाइला चाल्दै गरेकी सुमन पुनले गरेकी हुन् ।

यस्तै म्‍युजिक भिडियोको छायांकन र सम्पादन निर्देशक श्रेष्ठले नै गरेका हुन् । कुशल बेलायतका लोकप्रिय सञ्चारकर्मी हुन् ।

उनले निर्देशन गरेका दर्जनौं म्यूजिक भिडियो भन्दा यो केही पृथक छ । जसमा कोरियोग्राफी एवं मेकअप दीपिका श्रेष्ठको रहेको छ, जसमा उदयराज पौडेलको एरेन्ज तथा किशोर थापाको मिक्सिङ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?