+
+

धनगढीमा लागुऔषधसहित २ युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते ८:४५

१९ चैत, धनगढी । धनगढीमा लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट  ८ सय मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित दुई युवकलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० का २२ वर्षीय अजबिन चौधरी र १९ वर्षीय सगुन चौधरी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?