एसी मिलानले नापोलीलाई हरायो
२०७९ चैत ३० गते ६:५२
३० चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अल इटालियन क्वालटरफाइनलको पहिलो लेगमा एसी मिलानले नापोलीलाई १-० ले पराजित गरेको छ ।
इस्माएल बेन्नासेरले गरेको एक मात्र गोलमा मिलानले सिरी ए को शीर्ष स्थानको नापोलीलाई पराजित गरेको हो । जितपछि मिलानले साँघुरो अग्रता बनाएको छ ।
घरेलु मैदान सानसिरोमा भएको खेलमा मिलानका लागि बेन्नासेरले ४०औं मिनेटमा राफेल लआओको पासमा गोल गरेका थिए ।
नापोलीका जाम्बो एङ्गुएसाले ७४औं मिनेटमा दोहोरो पहेंलो (रातो) कार्ड पाएका थिए ।
मिलान र नापोलीबीचको दोस्रो लेग अप्रिल १९ मा नापोलीको मैदानमा हुनेछ ।
यस खेलको विजेताले सेमिफाइनलमा इन्टर मिलान र वेनफिकाबीचको विजेतासँग खेल्नेछ ।
पहिलो लेगमा इन्टरले वेनफिकालाई २-० ले हराइसकेको छ र सेमिफाइनलमा पनि दुई इटालियन क्लब खेल्ने सम्भावना छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4