+
+

मुस्ताङमा चोरी गरी फरार रहेका अभियुक्त जगातिबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १४:०२

१९ वैशाख, काठमाडौं। मुस्ताङमा चोरी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका-२ लामा टोलका ३२ वर्षीय राजकुमार मोक्तान रहेका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको सूर्यविनायक-५ जगातिबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, मुस्ताङ पठाइएको प्रहरीले जनाएको छ ।

उनले २०७९ साल पुस १२ गते  मुस्ताङ बारागुङ गाझ्यालबाट स्थित छिरिङ खाजा घरको १ व८ामा प्रवेश गरी ५ लाख चोरी गरी फरार रहेको प्रहरीको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?