 
																			२९ जेठ, काठमाडौं । राजस्वका हरेक शीर्षकको वृद्धिदर एउटै दरमा हुन गएको तथ्य अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वीकार गरेका छन् । यसलाई चालु आर्थिक वर्षको अन्त्यमा आउने राजस्वको यथार्थ शीर्षकगत विवरणका आधारमा सच्याउने उनले बताएका छन् ।
सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिंदै उनले भने, ‘चालु आर्थिक वर्षको अन्त्यसम्म राजस्व संकलनको यथार्थ विवरण शीर्षकगत आउँछ, समग्रमा मूल्याङ्कन गरी हरेक शीर्षक, उपशीर्षकमा सोही दरले यथार्थपरक रुपमा मिलाउँछौं ।’
बजेटले लिएको नीतिगत सुधारका आधारमा तोकिएको लक्ष्य २४.३७ प्रतिशतको प्राप्तिमा सरकार निरन्तर लाग्ने भन्दै उनले यसमा विश्वास रहेको समेत बताए । करलाई वैज्ञानिक बनाइएको, आधार बढाएको, र्यासनलाइज गरेको भन्दै यसले लक्ष्य भेट्टाउने उनले तर्क गरे । एउटै दरको वृद्धिदरको विषयमा उनले भने, ‘एउटै वृद्धिदर पर्न गएछ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4