+

बेलिङघम रियलमा अनुबन्धित

२०८० जेठ  ३१ गते १६:३५ २०८० जेठ ३१ गते १६:३५
बेलिङघम रियलमा अनुबन्धित

३१ जेठ,  काठमाडौं । स्पानिस जायन्ट रियल मड्रिडले जुड बेलिङघमलाई अनुबन्ध गरेको छ ।

रियलले इंग्ल्याण्डका युवा मिडफिल्डर बेलिङघमलाई ६ वर्षको लागि अनुबन्ध गरेको जनाएको हो ।

रियलले १९ वर्षीय बेलिङघमलाई १०३ मिलियन युरोमा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट अनुबन्ध गरेको हो ।

बेलिङघमले बर्मिङघम सिटीबाट फुटबल करिअर सुरु गरेका थिए । उनलाई रियलले बिहीबार क्लबको खेलाडीको रुपमा प्रस्तुत गर्नेछ ।

युवा मिडफिल्डर म्यानचेस्टर सिटी, लिभरपुलजस्ता क्लबको रोजाइमा परेका थिए । तर उनले आफ्नो आगामी करिअरका लागि स्पेनिस क्लबलाई छानेका छन् ।

जुड बेलिङघम रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय