+

नेपाली मूलका किबान राईले इंग्लिस फुटबल लिग खेल्ने

२०८० असार  १० गते १५:३० २०८० असार १० गते १५:३०
नेपाली मूलका किबान राईले इंग्लिस फुटबल लिग खेल्ने

१० असार, काठमाडौं । नेपाली मूलका किबान राई व्यावसायिक इंग्लिस फुटबल लिग खेल्ने भएका छन् ।

उनले इंग्ल्याण्डको चौथो डिभिजन क्लब न्युपोर्ट काउन्टीबाट व्यावसायिक फुटबल खेल्ने भएका हुन् । १८ वर्षीय किबान अट्याकिङ मिडफिल्डर हुन् ।

उनले आफू नेपालमा तथा विदेशमा रहेका नेपाली युवालाई एक उदाहरण बन्न चाहेको बताएका छन् ।

स्काई स्पोर्टस् न्युजसँग कुरा गर्दै उनले भने, ‘यो मेरो परिवार र मेरो वरपर रहेका मानिसहरुलाई मात्रै होइन । यो नेपाली मूलका सबैका लागि गर्वको विषय हुनेछ । उनीहरु पनि फुटबलर बन्न चाहेको खण्डमा म उनीहरुका लागि उदाहरण हुन सक्छु ।’

सन् २०२१ मा न्युपोर्ट काउन्टीबाटै जुनियर फुटबल खेलेका उनले थपे, ‘नेपाली मूलका मात्रै नभई वेल्सका पनि युवकहरुका लागि म उदाहरण हुन सक्छु । गाउँ अथवा पिछडिएको ठाउँबाट आए पनि तिम्रो सपना मेहनत गरेको खण्डमा पूरा हुन सक्छ ।’

किबान राई गैरआवासीय नेपाली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय