+

युनाइटेडले आर्सनललाई हरायो

२०८० साउन  ७ गते ८:३९ २०८० साउन ७ गते ८:३९
युनाइटेडले आर्सनललाई हरायो

७ साउन, काठमाडौं । प्रिमियर लिग सुरु हुनुअघि प्रि सिजन टुरमा अमेरिकामा खेलिएको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ ।

न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा ब्रुनो फर्नान्डेज र जाडोन सान्चोले पहिलो हाफमा गरेको गोल मद्दतमा युनाइटेडले आर्सनललाई २-० ले पराजित गरेको हो ।

उक्त खेल हेर्नका लागि कीर्तिमानी ८२ हजार २६२ दर्शक उपस्थित थिए ।

युनाइटेडको आधिकारिक कप्तान नियुक्त भएपछिको पहिलो खेलमा ब्रुनो फर्नान्डेजले ३०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ३७ औं मिनेटमा जाडोन सान्चोले युनाइटेडका लागि अर्को गोल गरे ।

खेल सकिएपछि दुवै टोलीले अभ्यासका लागि भन्दै पेनाल्टी सुटआउट प्रहार गरेका थिए । त्यसमा पनि युनाइटेड ५-३ ले विजयी भयो । आर्सनलका फाबियो भिएराको प्रहार पोष्ट माथिबाट बाहिरियो ।

युनाइटेडका लागि कासेमिरो, डिएगो डालोट, भिक्टो लिन्डोफ, मार्कुस रासफोर्ड र क्रिस्टिन एरिक्सनले पेनाल्टीमा गोल गरे । आर्सनलका मार्टिन ओडेगार्ड, लिएन्ड्रो ट्रोसार्ड र जर्गिन्होले पेनाल्टीमा गोल गरे ।

आर्सनल म्यानचेष्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय