+

राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा तीन नयाँ खेलाडी थपिए

२०८० साउन  १२ गते १६:०३ २०८० साउन १२ गते १६:०३
राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा तीन नयाँ खेलाडी थपिए

१२ साउन, काठमाडौं । विश्वकप प्रारम्भिक छनोटको तयारीमा रहेको पुरुष फुटबल टिममा तीन नयाँ खेलाडी थपिएका छन् ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मछिन्द्र र आर्मी टिमका खेलाडी क्लबको प्रतियोगिताको तयारीमा रहेका कारण तीन नयाँ खेलाडी थपेका हुन् ।

प्रशिक्षक एनेसले फ्रेन्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री र कुशल फुयाल र जावलाखेल युथ क्लबका हिसुब थपलियालाई प्रशिक्षणमा सामेल गराएका हुन् । उनीहरुसहित टिममा ३३ जना खेलाडी भएका छन् ।

एन्फाका अनुसार दुई क्लबका खेलाडीहरु क्लबको प्रतियोगिता सकेर पुन राष्ट्रिय टिममा सामेल हुनेछन् ।

फिफा विश्वकप छनोटको प्रारम्भिक छनोटमा नेपालले लाओससँग खेल्नेछ । होम एण्ड अवेको अवधारणा अनुसार छनोटको पहिलो लेग अक्टोबर १२ मा नेपालमा र १७ अक्टोबरमा लाओसमा खेलिनेछ ।

लाओससँगको खेल जितेमा नेपाल यूएई, बहराइन, यमन वा श्रीलंका सम्मिलित समूह एचमा रहने छ । यो समूहको खेल पनि होम एण्ड अवे प्रणालीमै हुने छ ।

नेपाली टिम

गोलकिपर : किरण कुमार लिम्बु, अनिस देउला, दिप कार्की, अभिषेक बराल

डिफेन्डर : विमल पाण्डे, अनन्त तामाङ, सनिस श्रेष्ठ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमन्त थापा, एन्जल महर्जन, छिरिङ लामा, अन्जन राई

मिडफिल्डर : एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राइ, विशाल तामाङ, विवेक पौडेल, कृृतिस रत्न छुन्जु, कुशल फुयाल, सन्तोष खत्री

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया

नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय