+

अमेरिकासँगको बराबरीसँगै पोर्चुगल महिला विश्वकपबाट बाहिरियो

२०८० साउन  १६ गते १६:४३ २०८० साउन १६ गते १६:४३
अमेरिकासँगको बराबरीसँगै पोर्चुगल महिला विश्वकपबाट बाहिरियो

१६ साउन, काठमाडौं । अमेरिकासँगको बराबरीसँगै पोर्चुगल महिला विश्वकप फुटबलमा समूह चरणबाट बाहिरिएको छ ।

समुह इ को जित्नै पर्ने खेलमा पोर्चुगल अमेरिकासँग गोलरहित बराबरीमा रोकियो । यो बराबरीपछि अमेरिका भने अन्तिम १६ मा पुग्यो ।

न्युजिल्याण्डको अकल्यान्डको इडेन पार्कमा भएको खेलमा पोर्चुगलले खेलमा ५६ प्रतिशत बल पोजिसन राखे पनि टार्गेटमा हान्न नसक्दा गोल गर्न सकेनन् ।

अमेरिका भने ३ खेलमा १ जित र २ बराबरीसहित ५ संक सहित नकआउट प्रवेश गरेको छ ।

यो समूहबाट नेदरल्यान्ड्स भने भियतनामलाई ७–० ले पराजित गर्दै ७ अंक सहित समूह विजेता बनेर नकआउट प्रवेश गरिसकेको छ ।

महिला विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय