+

इजरायलमा सावित्राको डेब्यु गोल

२०८० भदौ  १ गते ७:०४ २०८० भदौ १ गते ७:०४
इजरायलमा सावित्राको डेब्यु गोल

१ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलमा पहिलो गोल गरेकी छन् ।

होपएल रानानामा अनुबन्ध भएकी सावित्राले एथेना कपको दोस्रो चरणमा हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा डेब्यु गोल गरेकी हुन् ।

उक्त खेलमा हापोएल रानाना २-० ले विजयी भएको थियो । हापोएल रानानाका लागि अर्को गोल एडी गुल्डेनले गरिन् ।

सावित्रा इजरायली लिगमा अनुबन्ध भएर खेल्ने पहिलो नेपाली महिला खेलाडी समेत हुन् । एसियन राष्ट्र भए पनि युइएफएमा आबद्ध भएर लिग राष्ट्रिय टिम र क्लब फुटबल खेल्ने भएकाले सावित्राले युरोपियन फुटबलको स्वाद समेत लिन पाउनेछिन् ।

इजरायल सावित्रा भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय