+

मोर्ने मोर्केलले पाकिस्तानी क्रिकेट टिमको बलिङ प्रशिक्षकबाट राजीनामा दिए

२०८० कात्तिक  २७ गते २०:२५ २०८० कात्तिक २७ गते २०:२५
मोर्ने मोर्केलले पाकिस्तानी क्रिकेट टिमको बलिङ प्रशिक्षकबाट राजीनामा दिए

२७ कात्तिक, काठमाडौं ।  मोर्ने मोर्केलले पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको तिव्र गतिको बलिङ प्रशिक्षकबाट राजीनामा दिएका छन् ।

उनले आफ्नो सम्झौता सकिनु एक महिनाअघि राजीनामा दिएका हुन् ।

भारतमा जारी विश्वकप क्रिकेटमा पाकिस्तान समूहमा पाँचौं स्थानमा रहँदै घर फर्किएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले सोमबार एउटा विज्ञप्ति नकिल्दै मोर्केलले विश्वकपबाट पाकिस्तान बाहिरिए लगत्तै राजीनामा दिएको जानकारी दिएको छ ।

मोर्केल गत जुनमा पाकिस्तानी क्रिकेट टिमको बलिङ प्रशिक्षक बनेका थिए ।

पाकिस्तान क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय