
२५ मंसिर, धनगढी । कैलालीमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा धनगढी फनपार्क नजिकैबाट गोदावरी नगरपालिका–१ बस्ने २५ वर्षीय विजय विष्टलाई पक्राउ गरिएको हो ।
विष्टको साथबाट साढे २ ग्राम लागुऔषध खैरोहिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, धनगढी उपमहानगरपालिका–२ बस्ने २७ वर्षीय रमेश चौधरीलाई पनि पक्राउ गरिएको छ ।
उनको साथबाट एक दशमलव ९० ग्राम खैरोहिरोइन बरामद गरिएको छ ।
विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4