+

चेल्सी वल्भ्ससँग पराजित

२०८० पुष  ९ गते ८:३८ २०८० पुष ९ गते ८:३८
चेल्सी वल्भ्ससँग पराजित

९ पुस, काठमाडौं । प्रिमियर लिगमा चेल्सीको खराब प्रदर्शन जारी रहँदा आइतबार वल्भ्ससँग २-१ ले पराजित भएको छ ।

वल्भ्सले आफ्न मैदानमा भएको खेलमा ५१औं मिनेटमा मारियो लेमिनाको गोलबाट अग्रता लिएको थियो । इन्जुरी टाइमको तेस्रो मिनेटमा म्याट डोहोर्टीले गोल गर्दै वल्भ्सको अग्रता दोब्बर पारे ।

चेल्सीका वैकल्पिक खेलाडी क्रिस्टोफर एनकुन्नुकले इन्जुरी टाइमको छैटौं मिनेटमा एक गोल फर्काएपनि हार टार्न पर्याप्त हुन सकेन ।

चेल्सीले सन् २००० यता लिगमा अवे मैदानमा लगातार चार खेल हारेको पहिलो पटक हो ।

वल्भ्ससँग पराजित भएपछि चेल्सीका प्रशिक्षक माउरिसियो पोचेटिनोले निराश भएको र चेल्सीले योभन्दा राम्रो गर्न सक्ने बताए ।

यस सिजन आठौं हारपछि चेल्सी १८ खेलबाट २२ अंकसहित दशौँ स्थानमै छ । वल्भसको पनि समान २२ अंक नै छ । तर गोल अन्तरमा चेल्सीभन्दा पछि रहँदै ११औं स्थानमा छ ।

चेल्सी प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय