+

ढाका म्याराथनमा पदक जित्नेलाई नेपालगन्ज म्याराथनको प्रोत्साहन

२०८० माघ  १० गते १४:१९ २०८० माघ १० गते १४:१९
ढाका म्याराथनमा पदक जित्नेलाई नेपालगन्ज म्याराथनको प्रोत्साहन

१० माघ,  बाँके । नेपाली म्याराथन धावकको हौसला बढाइरहन नेपालगन्ज म्याराथनले प्रोत्साहन कार्यक्रम अघि सारेको छ ।

गत मंसिर ९ गते सम्पन्न नवौं धारा नेपालगन्ज म्याराथनमा पदक विजेता खेलाडीलाई कुनै पनि अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा प्रोत्साहन पुरस्कार प्रदान गर्ने बोर्ड बैठकले निर्णय गरेको हो ।

यसैबमोजिम बंगलादेशको राजधानी ढाकामा यही माघ १२ गते शुक्रवार हुन लागेको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा पदक जित्ने खेलाडीलाई नेपालगन्ज म्याराथनले नगद पुरस्कारले प्रोत्साहन गर्ने भएको छ ।

ढाका म्याराथनमा स्वर्ण पदक जित्नेलाई २५ हजार नगद, रजत जित्नेलाई १५ हजार र कास्य जित्नेलाई १० हजार नगदले प्रोत्साहन गर्ने नेपालगन्ज म्याराथन बोर्डले निर्णय गरेको अध्यक्ष टीएस ठकुरीले बताए ।

‘नेपालगन्ज म्याराथनमा पदक जितेर विदेशी भुमिमा हुने मान्यताप्राप्त म्याराथनमा पदक जित्ने खेलाडीलाई थप हौसला बढाउन यसबर्षदेखि सानो पुरस्कार दिदै अघि बढ्न खोजेका छौं ।’ अध्यक्ष ठकुरीले भने, ‘यसले पक्कै खेलाडीलाई अभिप्रेरित गर्नेछ भन्ने अपेक्षा लिएका छौं ।’

नवौं धारा नेपालगन्ज म्याराथनमा पदक जितेका अधिकांस खेलाडी नै ढाका म्याराथनमा अवसर पाएकोमा खुशी लागेको अध्यक्ष ठकुरीले बताए ।नवौं धारा नेपालगन्ज म्याराथनमा पुरुषतर्फ गोपीचन्द्र पार्की, खडकबहादुर खड्का, किरणसिंह बोगटी र सन्तोष विक्रम बिष्टले क्रमशः शीर्ष चार स्थान हासिल गरेका थिए ।

त्यसैगरी महिला हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ, फुलमती राना, पुष्पा भण्डारी र विन्द्रा धान्के श्रेष्ठले शीर्ष चारभित्र स्थान सुरक्षित गरेका थिए । गोपी भने ढाका म्याराथनमा सहभागिता जनाउन नसक्ने भएका छन् । बुवाको असामयिक निधनमा कारण उनी काजरियामा छन् ।

गोपीलाई लन्डन म्याराथन पठाउने तयारीमा नेपालगन्ज म्याराथन आयोजक लागिपरेको छ ।

ढाका म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय