+

एसीसी महिला प्रिमियर कप खेल्ने टोलीको बिदाइ

२०८० माघ  २५ गते १८:०८ २०८० माघ २५ गते १८:०८
एसीसी महिला प्रिमियर कप खेल्ने टोलीको बिदाइ

२५ माघ, काठमाडौं । एसीसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाइ गरिएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।

मलेसियामा हुने प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, संयुक्त अरब ईमिरेट्स (युएई), थाइल्यान्ड, इण्डोनेसिया, हङकङ, चीन, म्यानमार, भूटान, बहराइन, कुवेत ओमन सिंगापुर, जापान, कतार र माल्दिभ्सले सहभागिता जानउने छन् ।

प्रतियोगिता आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुँदैछ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने टोली सन् २०२४ को एसिसी महिला एशिया कपका लागि छनोट हुनेछन् ।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, काजल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, विन्दु रावल, अस्मिना कर्माचार्य, यशोदा बिष्ट, खुसी डंगोल, सबनम राई, रोमा थापा, संगीता राई, सम्झना खड्का, पुजा महतो, कविता कुँवर छन् ।

एसीसी महिला क्रिकेट नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय