ललितपुर मेयर्स वुमन्स कप अर्को हप्तादेखि
![२०८१ वैशाख २४ गते १९:५०](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/clock-icon.png)
![ललितपुर मेयर्स वुमन्स कप अर्को हप्तादेखि](https://www.onlinekhabar.com/wp-content/uploads/2022/01/PM-Cup-Cricket-2077.jpg)
२४ वैशाख, काठमाडौं । तेस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स कप टी–२० प्रतियोगिता अर्को साता सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले वैशाख २९ देखि जेठ ५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिता २०२४ को सेमिफाइनलमा पुगेका नेपाल एपीएफ क्लब,बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेशसँगै ललितपुर मेयर्स ११ गरी पाँच टोलीको सहभागिता हुनेछ ।
ललितपुर मेयर्स ११ मा सेमिफाइनलमा पुग्न नसकेका बाँकी चार प्रदेशबाट टिम निर्माण गरिनेछ । यसअघि २०२२ र २०२३ को उपाधि नेपाल एपीएफ क्लबले जितेको थियो । ललितपुर महानगरको आर्थिक सहयोगमा क्यानले उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया 4