+

पीएसजीलाई हराउँदै डर्टमण्ड ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

२०८१ वैशाख  २६ गते ८:४२ २०८१ वैशाख २६ गते ८:४२
पीएसजीलाई हराउँदै डर्टमण्ड ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

२६ वैशाख, काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्ड एक दशकपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल दोस्रो लेगम फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई १-० ले पराजित गर्दै समग्रमा २-० को नजिताहसति डर्टमण्ड २०१३ पछि फाइनल पुगेको हो ।

डर्टमण्डले घरेलु मैदानमा भएको पहिलो लेग १-० ले नै जितेको थियो । म्याट हुमेल्सको एक मात्र गोल डर्टमण्डले दोस्रो लेगमा पनि पीएसजीलाई १-० ले नै हरायो । हुमेल्सले खेलको ५०औं मिनेटमा जुलियन ब्रान्टको पसामा गोल गरेका थिए ।

हारपछि पीएसजीबाट च्याम्पियन्स लिग जित्ने केलिएन एमबाप्पेको को सपना पनि सकिएको छ । उनी अर्को सिजन रियल मड्रीड जाने चर्चा रहेकोले अब पीएसजीका लागि यो नै उनको च्याम्पियन्स लिगमा अन्तिम खेल हुनेछ ।

डर्टमण्डले अब उपाधिका लागि १ जुनमा वेम्लीमा हुने फाइनलम रियल मड्रिड र बायर्न म्युनिखको विजेतासँग खेल्नेछ ।

बायर्नले रियललाई पराजित गरेमा अल-जर्मन फाइनल हुन सक्नेछ । सन् २०१३ मा बायर्न र डर्टमण्ड नै फाइनल पुगेका थिए जहाँ बायर्नले डर्टमण्डलाई २-१ ले हराएर उपाधि जितेको थियो ।

च्याम्पियन्स लिग डर्टमण्ड पीएसजी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय