
११ जेठ, काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौंबाट २२ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित धादिङ गंगा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । होटल सचालिका गुरुङसहित ७ जनालाई ४७ हजार ४५० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरिएको हो ।
यसैगरी गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने देबराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौं कपन बस्ने ३८ वर्षीया बिष्णू लिम्बु समेत १५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार १ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4