
२७ जेठ, काठमाडौं । थुनामा रहेको व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने ४५ वर्षीय मुन्ना सिह भन्ने सुजित कुमार सिंह रहेका छन् ।
उनलाई विशेष सूचनाको आधारमा प्रहरीले धापाखेलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि ठगी सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।
उनले जुवा तास तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्दामा पक्राउ परी थुनामा रहेका सञ्जय बुमार साहलाई छुटाइदिन्छु भन्दै आफन्तलाई विश्सामा लिई नगद २० लाख र चेकमार्फत २५ लाख गरी ४५ लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4