+
+

तीज नजिकिंदै जाँदा कलाकारलाई विदेश जान भ्याइनभ्याई

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १६:३९

काठमाडौं । तीज पर्व नजिकिंदै गर्दा विशेषगरी लोकदोहोरी क्षेत्रका संगीतकर्मीलाई विदेश दौडाहाको चटारो छ । डायस्पोरामा आयोजना हुने तीज कार्यक्रममा सांगीतिक प्रस्तुति दिन उनीहरु त्यता जान थालेका हुन् ।

हुन त नेपथ्य, १९७४ एडी सहितका ब्याण्डले विदेशमा सांगीतिक बाढी ल्याइरहेका छन् । लोकदोहोरी गायक-गायिकाको माग यो भन्दा चर्को छ । अमेरिका, युरोप, अस्ट्रेलिया र मध्यपूर्वमा कलाकारको ताँती लाग्न सुरु भएको छ ।

शान्तिश्री परियार, ज्योति मगर, रचना रिमाल यतिबेला अमेरिकाभर आयोजना भइरहेको ‘अब नाच्छ अमेरिका’ कार्यक्रमका लागि त्यता छन् । उनीहरुले विभिन्न राज्यमा नेपाली समुदायले तीज र दशैंको अवसरमा गर्न लागेको कार्यक्रममा उनीहरुले सांगीतिक प्रस्तुति दिइरहेका छन् ।

आइतबार बिहान (नेपाली समयानुसार) न्युयोर्कमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम गरिएको थियो, जहाँ तीन गायिकाले आफ्नो संगीतमा नेपालीलाई नचाए । उनीहरु अझै दुई महिना अमेरिकामा बस्ने कार्यक्रम छ । उनीहरुको यो पहिलो अमेरिका यात्रा हो ।

‘भ्वाइस किड्स’को फिनाले सम्पन्न भएको एक दिनपछि गायिका मिलन नेवार आइतबार बिहान अमेरिका उडेकी छन् । अमेरिकाको भर्जिनियामा हुने कार्यक्रमका लागि उनी त्यता गएकी हुन् । मिलनको पनि यो पहिलो अमेरिका भ्रमण हो ।

गायक पशुपति शर्मा, देवी घर्ती सहितको टोली तीज कार्यक्रमकै लागि अस्ट्रेलिया उडेको छ । दिदीबहिनी इभेन्ट्सले त्यहाँका विभिन्न स्थानमा आयोजना गर्ने कार्यक्रमका लागि उनीहरु त्यता उडेका हुन् ।

गायक खुमन अधिकारी यतिबेला दुबईमा छन् । वालिङ समाज स्याङ्जा यूएईले गर्न लागेको सांगीतिक कार्यक्रमका लागि उनी त्यता लागेका हुन् । उनीसँग गायिका भूमिका गिरी सहित छन् ।

गैरआवासीय नेपाली संघ यूएईले दुबईमा गर्न लागेको एनआरएनए तीज धमाकाका लागि गायिका प्रीति आले, कुलेन्द्र विश्वकर्मा पनि त्यहाँ पुगिसकेका छन् ।

यसबाहेक अन्य कलाकार पनि विदेश दौडाहामा जाँदैछन् । यस वर्षको तीज पर्व भदौ २१ गते मनाइँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?