 
																			काठमाडौं । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा सामाजिक विकाससम्बन्धी विभिन्न परियोजनाहरू सञ्चालन गरेको छ ।
आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८औं वर्षका लागि छनोट गरिएका १८ सामाजिक परियोजनाहरू कार्यन्वयनमा ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा गत वर्ष देशव्यापी रूपमा समुदाय स्तरमा आवश्यक रहेका विकास सम्बन्धी परियोजना प्रस्ताव गर्न आवेदन खुला गरेको थियो ।
जसअनुसार सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्ताव प्राप्त गरेको र ती प्रस्तावहरूको मूल्यांकन गरी छानेर सीएसआरका लागि विभिन्न प्राथमिकता क्षेत्रमा १८ वटा विकास कार्यहरु छनोट गरी कार्यन्वयनमा ल्याइएको कम्पनीले जनाएको छ ।
छनोट गरिएका परियोजनाहरू सञ्चालन गर्न प्रति परियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार बाग्मती प्रदेशका लागि प्लास्टिक वेस्ट म्यानेजमेन्ट, डिजिटल साक्षरता कार्यक्रम तथा म्यूजियमको माध्यमबाट नेपालको कला तथा संस्कृतिको प्रर्वद्घनको कार्यक्रम तथा शिक्षा सम्बन्धी कार्यक्रमहरु छन् ।
यसैगरी गण्डकी प्रदेशमा शिक्षा क्षेत्र अन्तर्गत विभिन्न कारणले गर्दा स्कुल जान छाडेका तथा स्कुलबाट बाहिररहेका बालबालिकालाई पुनः स्कुल पठाउन स्कुल फर आउट अफ स्कुल चिल्ड्रेन, हुप्सेकोटमा स्वास्थ्य सम्बन्धी न्युट्रिसन, वास सम्बन्धी कार्यक्रम तथा वातावरण संरक्षण तथा प्रर्वद्घनका लागि ग्रिन बक्स कार्यक्रम छन् ।
त्यसैगरी कोशी प्रदेशका लागि ६ हजार महिलाहरूको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा नेपालमा पर्वतारोहणका लागि आउने पर्यटकहरूको सुरक्षाका लागि जनसचेतना कार्यक्रमहरु छन् ।
लुम्बिनी प्रदेशको हकमा विभिन्न ठाउँमा हेल्थ क्याम्प र विभिन्न सामुदायिक विद्यालयमा ग्रिन स्कुलको अवधारणा विकासका लागि परियोजना छन् ।
मधेश प्रदेशमा युवाको क्षमता विकास तथा जिविकोपार्जन गर्न सिप विकासका कार्यक्रम तथा विद्यालयमा शिक्षा सामग्री तथा शैक्षिक विकासका कार्यक्रम छन् ।
सुदूरपश्चिम प्रदेशका ५ वटा मोडल स्कुलमा स्टेम एजुकेसन, बैतडीका ५६ वटा स्कुलका शिक्षकहरूको तालिम तथा विकासका आयोजना रहेका छन् भने नवीकरणीय उर्जा प्रवर्द्धन सम्बन्धी परियोजनाहरू सञ्चालनमा छन् ।
कर्णाली प्रदेशमा वास सम्बन्धी कार्यक्रम तथा फोहरमैला वर्गीकरण तथा फोहरबाट कम्पोस्ट मलको उत्पादन सम्बन्धी कार्यक्रमहरू रहेको कम्पनीले जनएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4