+

कामिन्दुको विश्व कीर्तिमान, श्रीलंका उत्कृष्ट ब्याटिङ

२०८१ असोज  १० गते १८:२० २०८१ असोज १० गते १८:२०
कामिन्दुको विश्व कीर्तिमान, श्रीलंका उत्कृष्ट ब्याटिङ

१० असोज, काठमाडौं । श्रीलंकाले दोस्रो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मजबुत ब्याटिङ सुरुवात गरेको छ । गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिन ३०६–३ को अवस्थामा छ ।

दिनेश चान्डिमलले २०८ बलमा १६ चौकासहित ११६ रनको शतकीय इनिङ खेले । टेस्ट करिअरको १६ औं शतक हानेका उनी ग्लेन फिलिप्सको बलमा बोल्ड आउट भए । ओपनर पाथुम निसांका १ र दिमुथ करुणारत्नले ४६ रनमा आउट भए । दिमुथले दोस्रो विकेटका लागि दिनेश चान्डिमलसँग १२२ रनको साझेदारी गरेका थिए ।

एन्जिलो म्याथ्युज १६६ बलमा ६ चौकासहित ७८ तथा कामिन्दु मेन्डिस ५६ बलमा ८ चौका र १ छक्कासहित ५१ रनमा नटआउट छन् । योसँगै कामिन्दु टेस्ट डेब्यूको सुरुवाती आठै खेलमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

उनले पाकिस्तानका साउद सकिलको सुरुवाती ७ टेस्टमा लगातार अर्धशतकको कीर्तिमान तोडेका हुन् । पहिलो खेलमा श्रीलंका ६३ रनले विजयी भएको थियो । दुई खेलको सिरिजमा श्रीलंका १–० ले अघि छ ।

न्युजिल्यान्ड श्रीलंका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय