+

अल्भारेजले ९०औं मिनेटमा गोल गरेपछि एट्लेटिको मड्रिड विजयी

२०८१ असोज  ११ गते ८:०६ २०८१ असोज ११ गते ८:०६
अल्भारेजले ९०औं मिनेटमा गोल गरेपछि एट्लेटिको मड्रिड विजयी

११ असोज, काठमाडौं । जुलियन अल्भारेजले खेलको अन्तिम समयमा गरेको गोलमा एट्लेटिकव मड्रिडले स्पानिस ला लिगामा गएराती सेल्टाभिगोलाई १-० ले पराजित गरेको छ ।

सेल्टाको मैदानमा भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अल्भारेजले ९०औं मिनेटमा विजयी गोल गरे ।

कोकेको स्थानमा ५४औं मिनेटमा मैदान प्रवेश रेका अल्भारेजले एन्टोइन ग्रीजमनको असिस्टमा गोल गरेका हुन् ।

नयाँ सिजनमा एट्लेटिकोको यो चौथो जित हो । बार्सिलोना र रियल मड्रिडलाई पछ्याइरहेको एट्लेटिको ७ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा छ ।

शतप्रतिशत नतिजा निकालेको बार्सिलोना ७ खेलबाट २१ अंकसहित शीर्ष स्थानमा आसिन छ भने एट्लेटिकोको छिमेकी रियल मड्रिड १७ अंकसहित दोस्रो स्थानमा छ ।

एट्लेटिकव मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय