+

एनपीएल : क्यानलाई विज्ञापन बोर्डले सोध्यो स्पष्टीकरण

२०८१ मंसिर  ९ गते १२:२२ २०८१ मंसिर ९ गते १२:२२
एनपीएल : क्यानलाई विज्ञापन बोर्डले सोध्यो स्पष्टीकरण

९ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौताबारे विज्ञापन बोर्डले सात दिनभित्र जवाफ मागेको छ ।

सञ्चार क्षेत्रका तीन संस्था (नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्स) गत मंगलबारले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौता अवैधानिक भनिरहेका बेला विज्ञापन बोर्डले मंसिर ७ गते क्यानलाई पत्र लेख्दै जवाफ मागेको हो ।

विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने कानुनी प्रावधान सम्झाउँदै बोर्डले क्यानलाई सोधेको छ, ‘एनपीएलका खेलहरु ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनी मार्फत् स्टार स्पोर्टस् च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गर्दा उल्लिखित कानुनी प्रावधान बमोजिम गरिएको छ वा छैन ?’

प्रत्यक्ष प्रसारणको व्यवस्था गर्दा खरिद सम्झौता वा एमओयु भएको भए सोको प्रमाणितप्रति समेत संलग्न गरी विस्तृत व्यहोरासहित सात दिनभित्र जवाफ पेश गर्न भनिएको छ ।

यसअघि नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले नेपाल क्रिकेट संघले नेपालको कानुनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनलाई उल्लघंन गरेको आरोप लगाएका थिए ।

नेपाल क्रिकेट संघ विज्ञापन बोर्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय