+

अछाम अस्पतालमा पहिलोपटक एपेन्डिसाइटिसको शल्यक्रिया

२०८१ मंसिर  १२ गते १५:५४ २०८१ मंसिर १२ गते १५:५४
अछाम अस्पतालमा पहिलोपटक एपेन्डिसाइटिसको शल्यक्रिया

काठमाडौं । जिल्ला अस्पताल, अछाममा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ । ५० वर्षीय एक पुरुष पेट दुख्ने समस्या बढ्दै गएपछि जिल्ला अस्पताल बाजुरामा पुगेका थिए । त्यहाँका चिकित्सकले एपेन्डिसाइटिस शंका गरेर अछाम अस्पताल रेफर गरेको त्यहाँ कार्यरत डा. अधिराज आचार्यले जानकारी दिए ।

‘पहिलो पटक अछाम अस्पतालमा एपेन्डिाइटिसको शल्यक्रिया सफल भएको छ’, डा. आचार्यले अनलाइनखबरसँग भने, ‘अब यहाँको नागरिकले एपेन्डिसाइटिस हर्निया लगायत शल्यक्रियाका लागि तल (नेपालगञ्ज, धनगढी) झर्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।’

यसअघि यस्तो सेवा लिन लागि सुर्खेत, नेपालगञ्ज, धनगढीसम्म पुग्नुपर्ने बाध्यता थियो ।

एमडीजीपी विशेषज्ञ डा. कमलेशप्रसाद यादवको नेतृत्वमा डा. अधिराज आचार्य, एनेस्थेसियामा गंगा बूढाक्षेत्री र दीपेन्द्र शर्मा, अप्रेसन थिएटर नर्सिङ ममता शाह र सहयोगी चक्र लुहार संलग्नतामा एपेन्डिाइटिसको शल्यक्रिया भएको थियो ।

योसँगै अछाम अस्पतालमा एमडीजीपी चिकित्सकले गर्नसक्ने मेजर शल्यक्रिया एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतका शल्यक्रिया सुरु हुने भएको छ । यसअघि शल्यक्रियाबाट बच्चा निकाल्ने सेवा मात्रै सञ्चालन हुँदै आएको थियो ।

‘बच्चा जन्माउने शल्यक्रिया मात्रै हुँदै आएको थियो । त्यही ओटीको सेपअपमा प्रयोग गर्दै एपेन्डिसाइटिसलाई चाहिने सामान लिएर शल्यक्रिया गरेका हौं’, उनले भने ।

अछाम अस्पतालमा हाल दैनिक ७०-८० जनाले ओपीडी सेवा लिने गरेका छन् । एमडीजीपी, हाडजोर्नी विशेषज्ञ गरी सात जना चिकित्सकले स्वास्थ्य सेवा दिइरहेका छन् । जिल्ला अस्पतालमा १५ शय्याको मात्रै स्वीकृति रहेकामा बिरामीको चाप र जिल्ला अस्पतालले प्रदान गर्ने सेवाका आधारमा २५ बेडबाट सेवा दिइरहेको छ ।

पछिल्ला दिनमा सेवा बिस्तार भएसँगै अछामका मात्रै नभई बाजुरा, दैलेख लगायत छिमेकी जिल्लाका बिरामीलाई पनि सहज हुने डा. आचार्यले बताए ।

तर छात्रवृत्ति करारबाट हाडजोर्नी विशेषज्ञ कार्यरत भएपनि उपकरण अभावले हाडजोर्नी सेवालाई सञ्चालनमा ल्याउन नसकिएको चिकित्सक बताउँछन् ।

पाँच दशकअघि स्थापना भएको जिल्ला अस्पताल अछाममा भवनलगायत भौतिक संरचना जीर्ण हुँदा स्वास्थ्य सेवा प्रभावित भइरहेको उनले बताए । अस्पताल भवन जीर्ण भएकाले शल्यक्रिया, बिरामी भर्ना, आपतकालीन कक्षलगायतका वर्षायाममा पानी चुहिने गरेको डा. आचार्यले बताए ।

अस्पतालमा पर्याप्त ठाउँ नहुँदा अव्यवस्थित रूपमै भए पनि बेड राख्नुपर्ने बाध्यता भएको उनले गुनासो गरे ।

‘जस्ताको छानो चुहिने भएकाले पानी गरेको दिनमा इमर्जेन्सी वार्ड, ओपीडी कक्षमा बसेर काम गर्न सकिंदैन । बिरामीलाई भर्ना गरेर सेवा दिन समेत मुस्किल हुन्छ’, डा. आचार्यले भने, ‘सुविधासम्पन्न भवनका लागि वर्षौंदेखि ठेक्का लागेको भनिए पनि काम सुरू भएको छैन ।’

सरकारले १५ बेडको अस्पताललाई ५० बेडको बनाउने लक्ष्यसहित आर्थिक वर्ष २०७९/०८० मा ठेक्का प्रक्रिया अगाडि बढाएको थियो । तर बजेटको स्रोत सुनिश्चित नभएको भन्दै प्रक्रिया नै अगाडि बढ्न सकेको छैन ।

अछाम अस्पताल एपेन्डिसाइटिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?

रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?

रेजिडेन्ट डाक्टर हुँदा घर नफर्किएका ती तीन वर्ष

रेजिडेन्ट डाक्टर हुँदा घर नफर्किएका ती तीन वर्ष

ब्लड प्रेसर नाप्ने सही तरिका के हो ?

ब्लड प्रेसर नाप्ने सही तरिका के हो ?

हिटर प्रयोग गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनैपर्छ

हिटर प्रयोग गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनैपर्छ

शारीरिक सम्बन्ध राख्दा पिसाब लागेको अनुभव किन हुन्छ ?

शारीरिक सम्बन्ध राख्दा पिसाब लागेको अनुभव किन हुन्छ ?