+

बागमती प्रदेशस्तरीय खुला तेक्वान्दोमा आशिष र सपना उत्कृष्ट

२०८१ पुष  २० गते २०:२५ २०८१ पुष २० गते २०:२५
बागमती प्रदेशस्तरीय खुला तेक्वान्दोमा आशिष र सपना उत्कृष्ट

२० पुस, काठमाडौं । काठमाडौंका खेलाडीद्वय आशिष भुजेल र सपना रिखाम दोश्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका आशिषले पुरुष ६८ केजीमुनि तथा सपनाले महिला ४६ केजीमुनि स्वर्ण जितेका थिए ।

टोखा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० केजीमुनि काठमाडौंका शुभम्जंग कुमार, ५४ केजीमुनि काठमाडौंका रोजन लामा, ६३ केजीमुनि चितवनका हरिबहादुर परियार र ५८ केजीमुनि काठमाडौंका अर्पण लामाले स्वर्ण जिते ।

काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला ४९ केजीमुनि काठमाडौंकी पासाङ लामा, ५७ केजीमुनि भक्तपुरकी सोया चक्रधर, ४३ केजीमुनि चितवनकी सोनम महतो र ६३ केजीमुनि काठमाडौंकी स्वस्तिका महर्जनले पहिलो स्थान हात पारे ।

विजेतालाई टोखा नगरपालिकाका खेलकुद संयोजक नरोत्तम राणा, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । टोखा नगरपालिका वडा ५ मा भएको प्रतियोगितामा करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जनाएका छन् ।

दुईदिने प्रतियोगितामा पुरुष र महिलामा समान ५ गरी १० स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय