+

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड खेल्दै

२०८१ फागुन  ७ गते ७:५५ २०८१ फागुन ७ गते ७:५५

पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो ।

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड खेल्दै

७ फागुन, काठमाडौं । पाकिस्तानमा आजदेखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुँदै छ । आठ वर्षपछि हुन लागेको आईसीसीको यस ‘मिनी विश्‍वकप’मा आठ टोलीहरू सहभागी रहनेछन् ।

दुई समूहमा विभाजित आठ टोलीहरूमा आयोजक पाकिस्तानसहित भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान छन् । पाकिस्तान साविक विजेता समेत हो ।

समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् । हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता तथा आयोजक पाकिस्तान र न्युजिल्याण्ड खेल्दै छन् । खेल दिउँसो पौने ३ बजेदेखि नेशनल स्टेडियम कराँचीमा सुरू हुनेछ ।

पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो । त्यसअघि सन् २०१३ मा भने भारतले जितेको थियो भने त्यसअघि सन् २००९ र २००६ मा अस्ट्रेलियाले जितेको थियो ।

सन् २००२ मा भारत र श्रीलंकाले संयुक्त रूपमा उपाधि बाँडेका थिए । त्यसअघि आईसीसी नकआउट प्रतियोगिताको नामबाट सन् १९९८ मा सुरू भएको पहिलो संस्करणको उपाधि दक्षिण अफ्रिका तथा दोस्रो संस्करणको उपाधि सन् २००० मा न्युजिल्याण्डले जितेको थियो ।

आईसीसी च्याम्पियन्स ट्रफी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय