६ चैत, काठमाडौं । सन् २००८ मा विराट कोहलीको नेतृत्वमा रहेको भारतको यू-१९ टोलीबाट उनीसँगै विश्वकप खेलेका खेलाडी तनमय तनमय श्रीवास्तव आईपीएलमा अम्पायरको भूमिकाका देखिने भएका छन् ।
आईपीएल पनि खेलिसकेका श्रीवास्तव १५ वर्षपछि प्रतियोगितामा फरक पात्रका रूपमा फर्किएका हुन्। यसपटक उनी खेलाडी नभएर अम्पायरको भूमिकामा देखिने भएका हुन् । उनी आईपीएलमा खेलाडी र अम्पायर दुवैको भूमिका निभाउने पहिलो व्यक्ति हुनेछन् ।
उत्तर प्रदेशको टिमबाट खेल्ने गरेका श्रीवास्तव भारतका लागि सन् २००८ को यू-१९ विश्वकपमा सबैभन्दा बढी रन बनाउने खेलाडी थिए ।
उनले आईपीएल टिम किंग्स इलाभेन पञ्जाब (हाल रहेको पञ्जाब किङ्स)बाट पहिलो दुई सिजन खेलेका थिए । उनले ९० फर्स्ट क्लबस खेलमा ४९१८ रन बनाएका छन्, जसमा अधिकांश उनले उत्तर प्रदेशका लागि खेलेका छन्।
श्रीवास्तवले सन् २०२० मा क्रिकेटबाट सन्यास लिएका थिए ।
-क्रिकइन्फोबाट
 
                    










 २०८१ चैत  ६ गते १७:२०
                        २०८१ चैत  ६ गते १७:२०                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4