 
																			२० चैत, काठमाडौं । सरकारले म्यानमारमा मेडिकल सहायतासहितको २२ सदस्यीय टोली पठाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार टोली त्यसतर्फ पठाइएको हो ।
टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू रहेका छन् ।
उक्त टोलीले करिब एक साता म्यानमारमा रहेर भूकम्पमा परेर घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिने नेपाली सेनाले बताएको छ ।
समाचार संस्था एएफपीका अनुसार म्यानमार भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् ।
चार दिन बितिसक्दा पनि उद्धार टोलीहरू राहत सामग्री वितरण गर्न सङ्घर्ष गरिरहेका छन् । सञ्चार सेवा अवरुद्ध भएका कारण धेरै प्रभावित क्षेत्रहरूमा अझै सम्पर्क स्थापित हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4