+

बायर्न बुण्डेसलिगा च्याम्पियन, केनले जिते करियरको पहिलो उपाधि

२०८२ वैशाख  २२ गते ०:३९ २०८२ वैशाख २२ गते ०:३९
बायर्न बुण्डेसलिगा च्याम्पियन, केनले जिते करियरको पहिलो उपाधि

२१ बैशाख, काठमाडौं । इंग्लिस फरवार्ड ह्यारी केनले आफ्नो करियरकै पहिलो उपाधिको रुपमा जर्मन बुण्डेसलिगाको उपाधि जितेका छन् ।

बायर्न म्युनिखले आइतबार बुण्डेसलिगाको उपाधि पक्का गर्दा केनले करियरको पहिलो उपाधि स्वाद चाख्न पाए ।

आफ्नो क्लब करियरमा १५ वर्ष खेलिसकेका इंग्ल्याण्डका कप्तान केनले अहिलेसम्म कुनै उपाधि जित्न सकेका थिएनन् । उपाधिकै खोजीमा इंग्लिस क्लब टोटनहमबाट सन् २०२३ मा जर्मन महारथी बायर्न म्युनिख पुगेपनि उनले त्यहाँ उपाधि जित्न दुई वर्ष कुर्नुपर्‍यो ।

केनले सन् २०१८-१९ सिजन टोटनहमबाट युरोपियन च्याम्पियन्स लिग फाइनल खेलेपनि उपाधि जित्न सकेनन् । केनले क्लब र राष्ट्रका लागि गरी ६९४ खेलपछि उपाधि खडेरी तोडेका हुन् ।

बुण्डेसलिगाको दोस्रो स्थानमा रहेको बायर लेभरकुजन फ्रेएवर्गसँग २-२ गोलको बराबरीमा रोकिएपछि बायर्नले ३४औं पटक लिग उपाधि जितेको हो ।

अघिल्लोदिन लाइपजिगसँग ३-३ को बराबरी खेलेपछि बायर्नले उपाधिका लागि पर्खनुपरेको थियो । तर दोस्रो स्थानको लेभरकुजनले पनि जित निकाल्न नसकेपछि बायर्न आफ्नो खेल नभएपछि आइतबारै च्याम्पियन बनेको हो ।

बायर्नको ३२ खेलबाट ७६ अंक छ भने समान खेलबाट लेभरकुजनको ६८ अंक छ । अब लिगमा दुई खेल मात्र बाँकी रहँदा बायर्नले दुवै खेल हारेपनि लेभरकुजनले भेट्ने छैन ।

बायर्न म्युनिख बुण्डेसलिगा ह्यारी केन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय