+

भुटान वुमन्स लिगको डेब्यु खेलमै पुजाको गोल

२०८२ वैशाख  २९ गते १६:१७ २०८२ वैशाख २९ गते १६:१७
भुटान वुमन्स लिगको डेब्यु खेलमै पुजाको गोल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला फुटबल टोलीकी डिफेन्डर पूजा रानाले भुटान वुमन्स नेसनल लिगको आफ्नो पहिलो खेलमै गोल गरेकी छन्।
  • पुजाले ट्रान्सपोर्ट युनाइटेडको लागि खेल्दै भुटान यू-१७ टोलीमाथि ८-० को जितमा महत्वपूर्ण भूमिका निभाइन्।
  • यस खेलमा नेपालका अन्य खेलाडीहरू पनि सहभागी थिए र ट्रान्सपोर्टले शानदार सुरुवात गरेको छ।

२९ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा रानाले भुटान वुमन्स नेसनल लिगको डेब्यु खेलमै गोल गरेकी छन् ।

ट्रान्सपोर्ट युनाइटेड एफसीमा आबद्ध पुजाले लिगको पहिलो खेलमै गोल गरेकी हुन् ।

लिग अन्तर्गत सोमबार भएको खेलमा पुजाले भुटान यू-१७ टोली विरुद्ध गोल गरेकी हुन् ।

उक्त खेलमा ट्रान्सपोर्टले भुटान यू-१७ टोलीमाथि ८-० को फराकिलो जित निकाल्दै सानदार सुरुवात गरेको हो ।

पुजाको टिमको लागि ८७औं मिनेटमा गोल गरेकी थिइन् । पुजाकै गोल ट्रान्सपोर्ट युनाइटेडको अन्तिम गोल थियो ।

पुजासँगै नेपालबाट सम्झना लावती र बिर्सना चौधरीले ट्रान्सपोर्ट युनाइटेडबाट खेलेका थिए ।

नेपालबाट बंगलादेशकी श्रीमोती कृष्ण रानी सरकार र रुपना चक्माले पनि खेलेका थिए ।

भुटान वुमन्स नेसनल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय