+
+
Shares

कानूनमन्त्रीसहित दलका प्रमुख सचेतकसँग सभामुखको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते ९:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभा र राष्ट्रिय सभामा बजेट र आगामी संसद बैठकको तयारीका लागि छलफल सुरु भएको छ।
  • सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग बैठक गरी जेठ महिनाको संसदको क्यालेन्डर र बजेटबारे छलफल गरिरहेका छन्।
  • सरकारले जेठ १५ गते बजेट ल्याउने तयारी गरिरहेको छ र यसका लागि आवश्यक छलफल र तयारी भइरहेको छ।

३० वैशाख, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानूनमन्त्री अजयकुमार चौरसियासिहत प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् ।

बैठकमा कानूनमन्त्री चौरसियासहित मुख्य सचेतकसमेत रहेका एमालेका महेश वर्तौला, माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र कांग्रेसबाट सांसद सरिता प्रसाईं सहभागी छन् । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे काठमाडौं बाहिर भएकोले सहभागी भएका छैनन् ।

जेठ महिनाको संसदको क्यालेन्डर र पूर्वबजेटबारे छलफल गर्न सभामुख घिमिरेले बैठक बोलाएका हुन् । यो बैठक सकिए लगत्तै कार्यव्यवस्थाको बैठक बस्ने छ ।

आज दुवै संसदमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ ।

प्रतिनिध सभा बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभा बेठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधिनिक व्यवस्था रहेको छ । त्यसकै तयारीमा सरकार लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?