+

अमेरिकी क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदुको पुनरागमन

२०८२ वैशाख  ३१ गते १८:४३ २०८२ वैशाख ३१ गते १८:४३
अमेरिकी क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदुको पुनरागमन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी क्रिकेट संघले पुबुदु दासानायकेलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
  • उनले यसअघि अमेरिकाको टोलीलाई ओडीआई मान्यता दिलाउन र विश्वकपमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए।
  • दासानायकेको अनुभव र दीर्घकालीन योजनाले अमेरिकी क्रिकेटलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

३१ वैशाख, काठमाडौं । अमेरिकी क्रिकेट संघ (यूएसए क्रिकेट)ले पुबुदु दासानायकेलाई पुरुष राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको गरेको छ।

नेपाली क्रिकेट टोलीको समेत प्रशिक्षक रहिसकेका दासानायके यसअघि सन् २०१६ देखि २०१९ सम्म अमेरिकी टोलीको प्रशिक्षण गरिसकेका छन्, जुन समयमा अमेरिकाले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता हासिल गरेको थियो। त्यसैले यो नियुक्तिलाई उनको ‘कमब्याक’ वा पुनरागमनको रूपमा हेरिएको छ।

दासानायके पूर्व अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन्। उनले १९९० को दशकको सुरुवातमा श्रीलंकाबाट ११ टेस्ट र १६ एकदिवसीय खेल खेलेका थिए। पछि क्यानडामा बसाइँ सरेर उनी त्यहाँको राष्ट्रिय टोलीको कप्तान समेत बने। विगत एक दशकमा उनले क्यानडा, नेपाल र अमेरिका जस्ता देशका राष्ट्रिय टोलीहरूको सफल प्रशिक्षण गराइसकेका छन्।

उनले क्यानडालाई २०११ को आईसीसी क्रिकेट विश्वकपमा पुर्‍याएका थिए भने नेपाललाई २०१४ मा पहिलोपटक आईसीसी विश्व टी–२० मा छनोट गराएका थिए। अमेरिकासँगको पहिलो कार्यकालमा दासानायकेले टोलीलाई विश्व क्रिकेट लिग डिभिजन ४ बाट उकास्दै २०१९ मा ओडीआई मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

सबैभन्दा पछिल्लो समयमा उनी क्यानडाको पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको भूमिकामा थिए। उनको नेतृत्वमा क्यानडाले पुनः ओडीआई मान्यता हासिल गर्नुका साथै आईसीसी टी–२० विश्वकप २०२४ मा छनोट हुन सफल भएको थियो, जुन क्यानडाको पहिलो सहभागिता हो।

दासानायकेको दीर्घकालीन योजना र टोली संस्कृतिमा जोड दिने शैलीले अमेरिकी क्रिकेटलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।

पुबुदु दसानायके
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय