News Summary
Generated by OK AI. Editorially reviewed.- रोएल्सले हिमालयन जाभा बास्केटबल लिगमा आफ्नो पहिलो जित हासिल गरेको छ। उनले टाइम्स क्लबलाई ८३-७१ ले पराजित गरे।
- रोएल्सको प्रसाङ ध्वज मास्केले २६ अंक स्कोर गरे र खेलको सर्वश्रेष्ठ खेलाडी विनोद महर्जन घोषित भए।
- खेलमा रोएल्सले पहिलो क्वाटरदेखि नै अग्रता कायम राख्दै अन्त्यसम्म जित सुनिश्चित गर्यो।
३१ बैशाख, काठमाडौं । टाइम्स बास्केटबल क्लबलाई पराजित गर्दै रोएल्सले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा पहिलो जित हात पारेको छ ।
यसअघिका दुई खेलमा पराजित भएको रोएल्सले बुधबार टाइम्स क्लबलाई ८३-७१ ले पराजित गरेको हो ।
पहिलो जितपछि रोएल्सले ३ खेलबाट ३ अंक जोडेको छ । दोस्रो हार व्यहोरेको टाइम्सको पनि ३ खेलबाट समान ३ अंक नै छ ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा रोएल्सले पहिलो क्वाटरमा १९-१५ को अग्रता लिएको थियो । त्यसलाई कायम राख्दै रोएल्सले अन्त्यसम्म अग्रता लियो । रोएल्सले दोस्रो क्वाटर २०-१४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ३९-२९ को अग्रता बनाएको थियो ।
रोएल्सले तेस्रो क्वाटर २०-१८ ले आफ्नो पक्षमा पारेको थियो । चौथो क्वाटरमा दुवै टिमले २४-२४ अंक स्कोर गरेका थिए ।

विजयी टिम रोएल्सका लागि प्रसाङ ध्वज मास्केले सर्वाधिक २६ अंक स्कोर गरे । टाइम्सका लागि मनिष केसि र मबिन्द्र भण्डारीले समान १७ अंक स्कोर गरे । रोएल्सका विनोद महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
प्रतिक्रिया 4