+
महिला टी-२० विश्वकप एसिया छनोट :

यूएईविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै

२०८२ जेठ  ५ गते ८:२२ २०८२ जेठ ५ गते ८:२२
यूएईविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आज यूएईसँग खेल्दै छ र जित्नैपर्ने दबाबमा छ।
  • अघिल्लो खेलमा थाइल्याण्डले यूएईलाई हराएको छ र ग्लोबल छनोटमा स्थान बनाएको छ।
  • यदि नेपालले यूएईलाई हरायो भने, उनीहरू अर्को खेल नखेलिकन ग्लोबल छनोटमा पुग्नेछन्।

५ जेठ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्री को आफ्नो पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।

तेरथाइ क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै छ । अघिल्लो चरणमा पुग्नका लागि नेपाललाई यस खेल जित्नैपर्ने अवस्था छ ।

आइतबार विहान भएको खेलमा थाइल्याण्डले यूएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा स्थान बनाइसकेको छ । अब नेपाल र यूएईमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

यस खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा हुनेछन् । नेपालले यूएईलाई हराएमा एक खेल अगावै ग्लोबल छनोट पुग्ने निश्चित हुनेछ ।

यदि आजको खेलमा यूएई विजयी भएमा नेपालले अर्को खेलमा थाइल्याण्डलाई हराएपनि पर्याप्त हुने छैन । यूएईको ८ अंक हुनेछ र नेपालले थाइल्याण्डलाई जिते पनि ७ अंक मात्र हुनेछ ।

यदि खेल वर्षाले रद्द भएमा भने नेपाल र थाइल्याण्डबीचको अन्तिम खेल निर्णायक बन्ने छ । हाल नेपालको ५ अंक र यूएईको ६ अंक छ ।

खेल वर्षाले रद्द भएमा नेपाल ६ र यूएई ७ मा हुनेछन् । यस्तोमा थाइल्याण्डलाई हराए नेपाल अगाडि बढ्नेछ ।

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय